aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भिभोकाे भी२९ई फाइभजी सार्वजनिक गर्ने तयारी, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ कार्तिक २०८०
भिभोकाे भी२९ई फाइभजी सार्वजनिक गर्ने तयारी, यस्ता छन् विशेषता

काठमाडौं । भिभोले बहुप्रतिक्षित भी२९ई फाइभजी सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो नयाँ स्मार्टफोनको समावेशले भिभोको उत्पादन दायरालाई फराकिलो बनाउँदै नवीनतामा केन्द्रित हुने कम्पनीको अटल प्रतिबद्धतालाई जोड दिएको हो । 

भिभो भी२९ई फाइभजीले उत्कृष्ट क्यामेरा सेटअप, लक्जरियस डिजाइनको साथै मोबाइल टेक्नोलोजी र भिजुअल अपिएरेन्शको नयाँ मापदण्डहरू कायम गर्ने कम्पनीको दाबी छ । भिभो भी२९ई फाइभजीमा तीव्र डाउनलोडहरू, स्मुद स्ट्रिमिङ, र ल्याग–फ्रि गेमिङ लगायतका आकर्षक विशेषताहरु छन् । 

यसको एक्सक्लुसिभ स्मार्ट औरा लाइट टेक्नोलोजीमा स्मार्ट कलर टेम्प्रेचर एडजस्टमेन्ट राखिएको छ जसले कम प्रकाशमा पनि उत्कृष्ट र शार्प पोट्र्रेहरू सुनिश्चित गर्दछ । यसको साथै भी२९ई फाइभजीमा सुपर नाइट मोड, सुपर मुन मोड लगायत ५०एमपी एचडी फ्रन्ट क्यामेरा रहेको छ । जसले आकर्षक र उत्कृष्ट तस्वीरहरु खिच्न मद्दत गर्दछ ।  

भिभो भी२९ई मा १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । यसको रोज गोल्ड भेरियन्टमा लक्जुरियस अनुभवका लागि नानो–स्केल फोटोएचिङ प्रविधि रहेको छ । साथै फरेस्ट ब्ल्याक भेरियन्टमा थप सुन्दरताका लागि फ्लोराइट एजी ग्लास रहेको छ । भी२९ई फाइभजी को बारेमा भिभो नेपालका जनरल म्यानेजर माईकलले भिभो भी२९ई फाइभजी सार्वजनिक गर्दै कोसेढुङ्गाको रुपमा कनेक्टिभिटी र नवीनताको नयाँ युगको शुरु गरेका बताए । 

यो स्मार्टफोनमा ४८०० एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ । जसले प्रयोगकर्ताहरूलाई दिनभर निर्धक्क भएर काम गर्न र उत्पादनशील रहन मद्दत गर्दछ । यसको इन्टेलिजेन्ट चार्जिङ सिस्टमले निर्बाध प्रयोगकर्ता अनुभव प्रदान गर्दै सहज कार्यसम्पादनको प्रदान गर्दछ । भी२९ई फाइभजीमा क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र फाइभजी कनेक्टिभिटी रहेको छ ।  

भी२९ई फाइभजी भिभोको फ्ल्यागशिप स्माटफोन हो । जसले असाधारण कार्यसम्पादन र अत्याधुनिक क्यामेरा क्षमताहरू प्रदान गर्दछ । यो स्मार्टफोनले प्रयोगकर्ताको अनुभव र जीवनशैली वृद्धि गर्दै नयाँ बेन्चमार्क सेट गर्नेछ । प्रयोगकर्ताहरुले यो बहुप्रतिक्षित नयाँ भी२९ई फाइभजीको यही कात्तिक १६ गतेदेखि कात्तिक १९ गतेसम्म प्रि–बुकिङ्ग गर्न सक्नेछन् भने कात्तिक २० गते यो फोन सार्वजनिक हुदैँछ ।   
 

प्रतिक्रिया दिनुहोस