aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

तीन महिनामा ९ अर्ब ४३ करोडभन्दा बढीको स्मार्टफोन आयात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ कार्तिक २०८०
तीन महिनामा ९ अर्ब ४३ करोडभन्दा बढीको स्मार्टफोन आयात

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा नेपालमा स्मार्टफोनको आयातमा वृद्धि भएको देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ९ अर्ब ४३ करोड १९ लाख ३ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ। 

गत आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्म ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख १८ हजार ५२० यूनिट स्मार्टफोन आयात भएको थियो। गत आवको सोही अवधिको तुलनामा चालु आवको असोज मसान्तमा ८९ करोड ८८ लाख २९ हजार रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ। यस्तै गत आवको तुलनामा २३ हजार ८९५ यूनिटले स्मार्टफोनको आयात बढेको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ४० ओटा मुलुकबाट स्मार्टफोन आयात हुने गरेको देखिन्छ। सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुने गरेको छ। चीनबाट ६ अर्ब २६ करोड ५४ लाख ५१ हजार रुपैयाँ बराबरको ४ लाख ५५ हजार ८९८ यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ३ अर्ब ५ करोड ८८ लाख ९१ हजार रुपैयाँ बराबरको १ लाख ८५ हजार २०८ यूनिट स्मार्टफोन आयात भएको छ। भियतनामबाट ४ करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको ३७३ यूनिट स्मार्टफोन आयात भएको छ।

यी तीन मुलुकबाट मात्र ९ अर्ब ३६ करोड ७० लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख ४१ हजार ४७९ यूनिट स्मार्टफोन आयात भएको छ। अन्य ३७ मुलुकबाट ६ करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको ९३६ यूनिट स्मार्टफोन आयात भएको छ।

प्रतिक्रिया दिनुहोस