
काठमाडौं । डिशहोमले क्रिकेट खेलाडीहरुका हौसला बढाउनका लागि पुरस्कारको घोषणा गरेको छ । खेलाडीले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै डिसहोमले आइसीसि मेन्स टी २० विश्व कप अन्तरगत एसिया क्यालिफाइयरमा सहभागी खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कारको घोषणा गरेको हो ।
एक खेलमा १०० रन बनाए र ५ विकेट लिएमा २० लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । त्यस्तै, १०० रन मात्र बनाएमा १० लाख रुपैयाँ, ५ विकेट लिएमा ५ लाख, ५० रन बनाएमा एक लाख, ३ विकेट लिएमा एक लाख, ३५ रन बनाएमा ५० हजार र ३ क्याच÷ स्टम्पिङ गरेमा ५० हजार रुपैयाँ नगद पुरस्कार दिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस