aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाललाई जितका लागि १४६ रनको चुनौती, नेपालले ब्याटिङ गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ कार्तिक २०८०
नेपाललाई जितका लागि १४६ रनको चुनौती, नेपालले ब्याटिङ गर्दै

काठमाडौं । आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा ओमानले घरेलु टोली नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा ओमानले निर्धारित २० ओभमा नौ विकेट गुमाउँदै एक सय ४५ रनको योगफल बनायो । 

टस हारेर पहिले ब्याटिङ गरेको ओमानका लागि जिशान मकसुदले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रनको योगदान दिए । त्यस्तै नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४, सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए । 

नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई÷दुई विकेट लिए । त्यस्तै गुलशन झा र अभिनाश बोहोराले समान एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङ गरिहेको छ । नेपाललाई जित्नका लागि १०० बलमा ८६ रनको आवश्यक पर्ने छ । भने ७ विकट रहेको छ ।  

प्रतिक्रिया दिनुहोस