
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाईवरनेट)ले नेपाल क्रिकेट संघ (क्यान)संग सम्झौता गरेको छ । यस इन्टरनेट सेवा प्रदायकले टि२० विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघसँग सम्झौता गरेको हो ।
डिशहोम फाईवरनेट र नेपाल क्रिकेट संघ (क्यान)बीचको सहकार्य एउटा महत्वपूर्ण समयमा आएको छ । जब नेपाल टोली अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत छन् । डिशहोम फाईवरनेटको सहयोगमा टोलीले आर्थिक अवरोध बिना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छन् भन्ने कम्पनीको आशा रहेको जनाएको छ ।
डिशहोम फाईवरनेटका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित रहेको बताए । उनले गरेको प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस