aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ कार्तिक २०८०
एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग

काठमाडौं । एनसेल आजियाटा लिमिटेड हिजो कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग गर्ने भएको छ । एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो  ।

 साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई  ४० लाख रुपैयाँ ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने जानकारी गराएको छ । यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । समयसीमा १५ दिनको रहने छ ।
 

प्रतिक्रिया दिनुहोस