aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

टी-२० विश्वकप एसिया क्वालिफायर : फाइनलमा आज नेपाल र ओमन भिड्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ कार्तिक २०८०
टी-२० विश्वकप एसिया क्वालिफायर : फाइनलमा आज नेपाल र ओमन भिड्दै

काठमाडौं । १० वर्षपछि टि-२० विश्वकप एसियाको उपाधि हासिल गर्ने अवसरमा नेपाल पुगेको छ । टि-२० विश्वकप एसिया कप  छनोटको उपाधिका लागि आज नेपालले ओमानसँग खेल्दै छन। बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने छनोटको फाइनल खेल हुनेछन्।

नेपालले मुलपानी मैदानमा भएको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को सेमिफाइनल खेलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा नेपालसँगको खेल्ने पक्का गरेको हो।

एसिया छनोटमा ८ देशहरूलाई दुई समूह विभाजन गरी खेलाइएको थियो। नेपाल र ओमान समूह ‘ए’ बाटै फाइनल पुगेका हुन्। समूह चरणको अन्तिम खेलमा भएको हारको बदला ओमानसँग लिँदै एसिया छनोटको उपाधि जित्ने लक्ष्यमा नेपाल हुनेछ। दुबै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० ‍विश्वकप खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस