aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ओमानविरुद्ध नेपालले ब्याटिङ गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ कार्तिक २०८०
ओमानविरुद्ध नेपालले ब्याटिङ गर्ने

काठमाडौं ।  टि–२० विश्वकप एसियाको उपाधिका लागि नेपाल र ओमनको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू भएको छ ।  बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने छनोटको फाइनल खेलमा नेपालले टस जितेर व्याटिङ रोजेको  छ ।  

नेपालले मुलपानी मैदानमा भएको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको जित निकाल्दै फाइनल प्रवेश गरेको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को सेमिफाइनल खेलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा नेपालसँगको खेल्ने पक्का गरेको हो।

एसिया छनोटमा ८ देशहरूलाई दुई समूह विभाजन गरी खेलाइएको थियो। नेपाल र ओमान समूह ‘ए’ बाटै फाइनल पुगेका हुन्। समूह चरणको अन्तिम खेलमा भएको हारको बदला ओमानसँग लिँदै एसिया छनोटको उपाधि जित्ने लक्ष्यमा नेपाल हुनेछ। दुबै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० ‍विश्वकप खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस