aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

क्रिकेट क्रेज : बल समात्ने दर्शकलाई क्यानले २० हजार दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ कार्तिक २०८०
क्रिकेट क्रेज : बल समात्ने दर्शकलाई क्यानले २० हजार दिने

काठमाडौं । नेपाल र ओमानबीच हुने टी-२० विश्वकप क्वालिफायरको फाइनल खेलमा बाउन्ड्री (छक्का) लागेको बल एक हातले समात्ने दर्शकले २० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्‌ ।

क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) ले कीर्तिपूर क्रिकेट ग्राउन्डमा हुने खेलमा छक्का लागेको बल एक हातले समात्ने दर्शकलाई पुरस्कार दिने भएको हो ।

नेपालमा भइरहेको क्वालिफायरबाट यसअघि नै घरेलु टोली र ओमान सन् २०२४ मा हुने टी-२० विश्वकपमा छनोट भइसकेका छन्‌ । आज कीर्तिपूर क्रिकेट ग्राउन्डमा यी दुई टोलीले क्वालिफायरको उपाधि निम्ति प्रतिष्पर्धा गर्दैछन्‌ ।

फाइनल खेल अहिले ११ बजेबाट शुरू हुँदैछ । २० हजार रुपैयाँ प्राप्त गर्न दर्शकले क्लिन क्याच गर्नुपर्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस