aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एलन मक्सको ‘ग्रोक’ सार्वजनिक, पछि पार्ला त च्याटजीपीटीलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ कार्तिक २०८०
एलन मक्सको ‘ग्रोक’ सार्वजनिक, पछि पार्ला त च्याटजीपीटीलाई

एजेन्सी। एलन मक्सको कम्पनी एक्सएआईले नयाँ कृत्रिम बुद्धिमत्ताको नयाँ एप विकास गरेको छ। ग्रोक नामक नयाँ एआई टुल आफ्नो कम्पनीले ल्याएको उनले शनिवार सार्वजनिक गरेका हुन् ।

हाल एक्सका प्रिमियम ग्राहकलाई मात्र प्रयोगको सुविधा दिइएको ‘ग्रोक’ च्याटबट बेटा भर्सन हो । च्याटजीपीटी जस्तै काम गर्न सक्ने बताइएको यो नयाँ एआई टुलबारे मस्कले उदाहरण सहित आफ्नो आधिकारिक एक्स एकाउन्टमा शेयर गरेका हुन्।

यो अन्य यस्ता टुल भन्दा अब्बल रहेको बताउँदै उनले यसले सामाजिक सञ्जाल एक्सबाट वास्तविक समयमा सूचना लिन सक्ने बताएका छन् । यसको रोचक पक्ष यो पनि छ कि यो च्याटबट हास्य चेत सहित सक्षम छ।

मक्सले हरेक कुराको खास कुरा बताउने खालको टुल विकास गर्ने उद्देश्यले गत मार्चमा एक्सएआई स्थापना गरेका थिए। जसले विकास गरेको यो एआईले अहिलेका स्थापित ओपनएआई, गुगल, एन्थ्रोपिक जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने सक्ने अनुमान गरिएको छ । यस्तो अनुमान किन गरिएको हो भने यो टुलको लागि उनले यो क्षेत्रमा काम गरेका दिग्गजहरू बटुलेर नै यो कम्पनी खडा गरेका हुन् ।

यो एआई ओपेरा सर्च इन्जनमा इन्ट्रीग्रेट गर्ने तयारी रहेको बुझिएको छ । यस्तो एक सम्झौता मक्सको कम्पनी र ओपेरा बीच भएको यसअघी नै खुलासा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस