
काठमाडौं । आइसिसी टी-२० क्रिकेट विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा संचालन हुने खेलमा खेल्न सफल भएकोमा पुरस्कृत गरेको हो ।
यसअघि नेपालले एसिया छनोटको सेमिफाइनलमा युएईलाई हराएर विश्वकपमा स्थान बनाएको थियो। सोमबार बसेको क्यानको बोर्ड बैठकले यु १९ राष्ट्रिय क्रिकेट टोलीलाई पनि जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।
क्रिकेट हङकङको आयोजनामा यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रहरूका महिला क्रिकेट टिमहरूबीच संचालन हुने टी-२० सिरिजमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको र हुँदा उक्त प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहभागी हुन पठाउने निर्णय भएको छ।
प्रतिक्रिया दिनुहोस