aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भियतनामका लागि चार्टर उडान हुने, नेपाल भियतनाम पर्यटन बलियो हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ कार्तिक २०८०
भियतनामका लागि चार्टर उडान हुने, नेपाल भियतनाम पर्यटन बलियो हुँदै

काठमाडौं ।  हिमालय एअरलाईन्सको एअरबस ३२० जाहाज चार्टर गरेर काठमाडौंबाट भियतनामको हनोईसम्म सोझो उडान गरेसँगै नेपाल भियतनाम पर्यटनको विकासमा नयाँ उचाइ हाँसिल गर्न सफल भएको रुप्से होलिडेज्ले जनाएको छ । चार्टर्ड उडान मार्फत भियतनाम बाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिए भने ३२८ भन्दा बढी नेपाली पर्यटकले भियतनामको भ्रमण अवलोकन गरेको रुप्से होलिडेज्ले जनाएको छ ।  

नेपाल र भियतनामबीच यति धेरै संख्यामा पर्यटकको आदान प्रदान भएको यो पहिलो घटना रहेको रुप्सेले जनाएको छ ।  कुनै ट्राभल एजेन्सिले एकैपटक तिन तिन वटा जेट विमान चार्टर गरेर भियतनामका लागि उडान गरेको पहिलो घटना भएकोे दावी गरिएको छ । अनि त्यती मात्र नभएर भियतनाम र नेपाल विच पर्यटकीय संभाब्यताको यो सफल परिक्षण थियो । 

एक लाख २० हजार रुपैंया खर्चिएर नेपाली पयर्टकले भियतनामको हनोईको पाँच दिने भ्रमण गरे भने भियतनामबाट आएका पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको भ्रमण गरेको रुप्से होलिडेज्ले जनाएको छ । दुवैतर्फका पर्यटक यो भम्रणबाट औधी खुशि र सन्तुष्ट रहेका थिए । यही उडानबाट भियतनाम घुम्न आईपुगेकी आईएम द वल्र्डट्राभलरका रुपमा चिनिएकी यूवा ट्राभलर न्हेन्सु गौतम भन्छिन्, “चार्टर उडानबाट भियतनाम घुम्नुको मज्जै बेग्लै रह्यो, हरेक ठाउँमा आफूलाई भिआईपी भएको महशुष भयो । यो उडान नहुँदो हो त भियतनाम धुम्न जान पैसा पनि धेरै लाग्ने थियो झण्जट पनि धेरै हुनेथियो । अनि रुप्से होलिडेजले बजेटमा पनि राम्रो टुर प्याकेज बनाएको रहेछ । मैंले अपेक्षा गरेभन्दा यो टुर राम्रो थियो ।“

”मात्र ३ घण्टा सोझो उडानबाट जोडिएको भियतनाम नेपाल हवाई सम्पर्क र यसबाट सहज भएको नयाँ पर्यटकीय गन्तब्य प्रति नेपालीको उत्साहपूर्ण आकर्षण हुनु र भियतनाका पर्यटकले पनि नेपाल प्रति उच्च आकर्षण देखाउनाले नयाँ बर्ष लागे सँगै २०२४ को जनवरी ०५ र जनवरी १० मा थप दुई चार्टर उडान गर्ने निर्णय गरेका छौं ।“ रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेश पराजुली भन्छन्, “हामीलाई आर्थिक रुपमा यि उडानहरु खासै मूनाफा योग्य छैनन् तर हामीले देशको पर्यटन क्षेत्रको विकासका लागि यो जोखिम उठाएका थियौं ।“

पराजुली भन्छन्, “ हामी यसमा अपेक्षाकृत सफल रह्यौं । नेपालको पर्यटकीय स्थानहरुका बारेमा भियतनाम सम्म प्रबद्र्धन ग¥यौं, १५ प्रतिशत भन्दा बढी बुद्ध धर्मालम्बि रहेको देश भियतनाममा हामीले लुम्बिनीमा बुद्ध जन्मेका हुन् भन्ने सन्देश प्रवाह गर्दै धार्मीक पर्यटनको समेत बृद्धि गर्ने योजना बुनेका छौं ।“ उनी थप्छन्, “यसमा राज्यका निकायहरुको सकारात्मक साथ पाए हामीले ठूलो उपलब्धि हाँसिल गर्नेथियौं ।“

आगामी डिसेम्बरमा भियतनाम धुम्न चाहने नेपाली पर्यटकले ९९ हजार ९ सय उनान्सय रुपैंयामा भियतनाम धुम्न सकिने  रुप्सेले जनाएको छ । यसमा दुई तर्फी हवाई टिकट, पाँच रात होटल र हलोङ्ग बे मा डे क्रुजसहित टुर प्याकेज समेत समेटिएको छ ।
 

प्रतिक्रिया दिनुहोस