
एजेन्सी । युट्युबले युजरलाई नयाँ सेक्सन थप्न लागेको छ । युट्युब कमेन्ट सेक्सनमा प्रयोगकर्ताहरूले भिडियोसँग सम्बन्धित टिप्पणीहरू हेर्न पाउने सेक्सन थप्दै छ । यस बाहेक भिडियो हेर्दै गर्दा दर्शकहरूले एआई च्याट जीपीटीको सहयोगमा विषयहरूसँग सम्बन्धित प्रश्नहरूको जवाफ पनि जान्न पाउने सेक्सन हुने छ ।
कमेन्ट समरी र एआई कन्भर्सेसनल टुल नामका यी दुई सुविधाहरू हाल परीक्षण चरणमा छन् र तत्कालका लागि केही प्राइम सदस्यहरूलाई मात्र उपलब्ध छन्। गुगलका अनुसार यदि परीक्षण सफल भयो भने सबैका लागि यो सेवा खुला हुने जनाएको छ ।
यो फिचरले भिडियोको कमेन्ट सेक्सनमा विषयवस्तु अनुसार कमेन्टलाई व्यवस्थित गर्नेछ, त्यसपछि दर्शक र कन्टेन्ट क्रिएटरले विषयसँग सम्बन्धित कमेन्टमा आवश्यक छलफल गर्न सक्नेछन् । हाल, भर्खरका टिप्पणीहरू टिप्पणी खण्डको शीर्षमा देखा पर्दछ।
यस फिचर मार्फत प्रयोगकर्ताले भिडियो नरोकिकनै एआई च्याट जीपीटी फिचरको सहयोगमा विषयसँग सम्बन्धित प्रश्न र उत्तरहरू सोध्न सक्नेछन्। यसबाहेक, यो एआई उपकरणले तपाईंलाई अन्य भिडियोहरू र क्विजहरूको सुझावहरू जस्ता विषयसँग सम्बन्धित सामग्री प्रदान गर्नेछ।
प्रतिक्रिया दिनुहोस