
काठमाडौं । टिकटक बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई टिकटक तत्कालका लागि बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए।
उनले भनले भने, सबै इन्टरनेट प्रदायक संस्थाहरू र टेलिकमलाई पत्र काटेर टिकटक बन्द गर्न भनेका छौं । अबको २४ घन्टाभित्र टिकटक बन्द भइसक्छ ।’ टिकटक बन्द गर्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ।
उनका अनुसार टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्र पठाएर सरकारको निर्णय कार्यान्वयन गर्न पहल गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस