aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काठमाडौंका विभिन्न स्थानमा १८६ वटा सिसीक्यामेरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ बैशाख २०७६
काठमाडौंका विभिन्न स्थानमा १८६ वटा सिसीक्यामेरा

काठमाडौं ।  महानगरीय प्रहरी परिसर काठमाडौंले १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको हो । 


क्यामेरा जडानका लागि महानगरले प्रहरीलाई तीन करोड रुपैयाँ १५ फागुनमै हस्तान्तरण गरिसकेको छ । प्रहरी र महानगरका प्रतिनिधि सम्मिलित योजना कार्यान्वयनका लागि बनेका समितिले अहिले सिसिक्यामेरा जडान गरिने स्थानको पहिचान गरिसकेको छ । नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस