aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ कार्तिक २०८०
टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो । प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट कारबाही हुने उल्लेख गरेको छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले “सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय गरेको थियो । केही सेवा प्रदायकले सरकारी निर्णयको अवज्ञा गरेका बताउँदै तत्काल निर्देशन कार्यान्वयन गरी प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस