aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हङकङसँग नेपाल पराजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० कार्तिक २०८०
हङकङसँग नेपाल पराजित

काठमाडौं । हङकङमा जारी महिला टी—२० क्रिकेट शृंखलामा नेपालले दोस्रो हार ब्यहोरेको छ ।  चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । घरेलु टीम हङकङसँग ९ विकेटको हारसँगै नेपाल सिरिज दौडबाट बाहिरीएको छ । 

नेपाल यसअघि तान्जानीयासँग पराजित भएको थियो । जापानलाई पनि पराजित गरेको हङकङ फाइनलमा पुगेको छ । नेपाल र जापानलाई हराएको तान्जानियाले उपाधिका लागि हङकङसँग भिड्ने छ । फाइनलमा पुग्न असफल भएका नेपाल र जापान तेस्रो स्थानका लागि खेल्नेछन् ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले १८ ओभरमा अलआउट हुनुअघि ५६ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली हङ्कङले भने नौ ओभरमा केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । 

प्रतिक्रिया दिनुहोस