aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ मंसिर २०८०
फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित

काठमाडौं ।  फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स ९युएई०सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । 

युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो । दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए । 

यस्तै खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो । उक्त गोल अली मखबूटले गरेका थिए । यस्तै खेलको ४४औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे । युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले चौथो गोल गरे । 

दोस्रो हाफमा भने युएईले आक्रमक खेल खेले पनि गोल गर्न भने सकेन । युएईका खेलाडीको पटक पटकको प्रयास नेपाली खेलाडीले विफल पारे । युएईसितको खेलमा अन्जन राई, छिरिङ लामा र योगेश गुरुङले डेब्यू गरेका थिए । नेपालले छनोटअन्तर्गत आफ्नो दोस्रो खेल यही मङ्सिर ५ गते यमनविरुद्ध दशरथ रङ्गशालामा खेल्नेछ । लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । 

प्रतिक्रिया दिनुहोस