
काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लागेपछि टिकटकको मुख्यालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई सम्बोधन गरेर ७ बुँदे पत्र पठाएको छ । टिकठकले प्रधिकरणका प्रमुख पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गरेको छ ।
टिकटक बन्द गर्ने सरकारको निर्णयबाट आफूहरुसहित लाखौं नेपाली जनताहरु आश्चर्यमा परेको भन्दै गत १३ नोभेम्बरको मितिमा नै पत्र लेखेको छ । पत्रमा भनिएको छ, ‘ टिकटिकको प्लेटफर्मलाई छोटो समयमा नै नेपालको विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहमा मानिसहरुले अंगालेका थिए । नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं ।'
प्रतिक्रिया दिनुहोस