
काठमाडौं । सरकारको टिकटक बन्द गर्ने निर्णयका विरुद्ध ८ वटा रिट परेका छन् । सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट निवेदन पेश भएको अदालतका प्रवक्ता भद्रकाली पोखरेल जानकारी दिए । कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदनहरु पेश गरेका हुन् । सर्वोच्चमा ८ वटा रिट दर्ता भएको छ । मङ्सिर ४ गते सो मुद्दाको एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने जनाइएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् । निवेदन अधिवक्ता नेपालका अनुसार आउँदो मंसिर ४ गते पहिलो पेशी समेत तोकेको छ ।
टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै उनीहरुले सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस