
एजेन्सी । विश्वकप फाइनल २०२३ को उत्साहले भारतका मानिसहरुलाई पागल बनाइरहेको छ । विश्वकप क्रिकेटको फाइनल खेल भोलि १९ गते भारत र अष्ट्रेलियाबीच अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुनेछ । अहमदाबादका होटलहरू फाइनलअघि नै भरिएका छन् भने हवाई भाडाले कीर्तिमान बनाएको छ । दिल्लीदेखि अहमदाबाद दिल्लीको हवाई टिकट ७९ हजार ७६१ रुपैयाँ भारु पुगेको छ ।
नोभेम्बर १९ का लागि सबै एयरलाइन्सको उडान टिकटको मूल्य धेरै गुणा बढेको हो । इन्डिगोको दिल्लीदेखि अहमदाबादको फिर्ताको हवाई टिकट ७९,७६१ रुपैयाँ छ। यो सामान्य दिनको उडान टिकटको तुलनामा १० गुणाले बढेको छ ।हवाई भाडामा चकित पार्ने बृद्धिले क्रिकेट प्रेमीहरुको चिन्ता बढेको छ तर फाइनलको क्रेज पनि उनीहरुको टाउकोमा पुगेको छ ।
दिल्ली, मुम्बई, बेंगलुरु र कोलकातादेखि अहमदाबाद रुटमा दुवैतर्फको भाडा ३५ हजारदेखि ८० हजार रुपैयाँसम्म रहेको छ । जुन नियमित दरभन्दा धेरै बढी हो।
प्रतिक्रिया दिनुहोस