काठमाडाैं । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले बुद्ध एयरको काउन्टर तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरूद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता रहेको सांसद साहले फ्लाइट डिले भएको भन्दै जनकपुरधाम विमानस्थलमा रहेको काउन्टर तोडफोड गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले सांसद प्रमोदकुमार साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो।
‘प्रहरीको अनुरोधमा अदालतले उहाँलाई पक्रन पूर्जी जारी गरेको छ,’ एक उच्च अधिकारीले भने, ‘अदालतबाट पूर्जी जारी भएकाले सांसद साहलाई पक्रन देशभरि पत्राचार गरिने छ।’
सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए। समयमा जहाज नआएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा अभद्र व्यवहार गरेका थिए।
उनले काउन्टरमा बसेका कर्मचारीलाई धकेलेका पनि थिए। सोमबार बिहान ११:४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनी आवेशमा आएका थिए।
काउण्टर तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमानमा प्रवेश गर्न रोकसमेत लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस