aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले नगद दश लाख पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ मंसिर २०८०
डिशहोम मेगास्टार घोषणा हुँदै, विजेताले नगद दश लाख पाउने

काठमाडौं । “डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदैछ । लक्की ड्र मार्फत २०८० मंसिर ११ गते सोमबार डिशहोम मेगास्टारको छनौट हुनेछ । 

असोज १ गतेदेखि मंसिर ११ गते दिउँसो १२ वजेसम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु यो योजनामा सहभागी हुन सक्नेछन् । यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनि नगद दश लाख, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउनेछन् ।  

यसअघि हरेक हप्ता सुपरस्टार बनि नगद एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा गरिसकिएको छ । अब यो योजनाको अन्तिममा मेगास्टार वनि नगद रु दश लाख जित्ने मौका आएको छ । मंसिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरि यो योजनामा सहभागी हुन सकिनेछ ।  

डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी,  र डिशहोमको आधिकारीक फेसबुक पेजमा साँझ पाँच बजे गरिनेछ ।     
 

प्रतिक्रिया दिनुहोस