aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

डिजिटल कारोबार गर्नेहरुको संख्या बढ्दो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ मंसिर २०८०
डिजिटल कारोबार गर्नेहरुको संख्या बढ्दो

काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक वर्षको अवधिमा ५४ लाख भन्दा बढी वालेट प्रयोगकर्ता थपिएका छन् । गत वर्षको असोज महिनाको तुलनामा यस वर्षको असोज महिनासम्ममा ५४ लाख ३६ हजार ३४१ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । 

गत वर्षको असोज महिनासम्म एक करोड ४८ लाख ३९ हजार ८२० जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता यस वर्षको असोज महिनासम्म आइपुग्दा दुई करोड २ लाख ७६ हजार १६१ जना पुगेका हुन् ।  

वालेटसंगै मोबाइल बैंकिङ प्रयोगकर्ताहरु पनि बढेका छन् । गत वर्षको असोज महिनासम्म एक करोड ९१ लाख २ हजार ६५२ जना रहेकोमा यस वर्षको असोज महिनासम्म आइपुग्दा उक्त संख्या बढेर दुई करोड २२ लाख ८४ हजार ६२२ जना पुगेका हुन् । 

नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म आइपुग्दा इन्टरनेट बैंकिङ प्रयोगकर्ता १६ लाख २५ हजार ९ जना पुगेका छन् । यस्तै, यस अवधिसम्म आइपुग्दा कनेक्ट आइपिएस प्रयोगकर्ता ११ लाख ६० हजार ९५६ जना पुगेका छन् भने डेबिट कार्ड प्रयोगकर्ता एक करोड २६ लाख ३९ हजार ६२२ र क्रेडिट कार्ड प्रयोगकर्ता २ लाख ९९ हजार १६२ जना पुगेका छन् । 
 

प्रतिक्रिया दिनुहोस