
एजेन्सी । सामाजिक सञ्जाल प्लेटफर्म एक्सका मालिक एलोन मस्कले बुधबार कन्स्पिरेसी थ्योरीलाई समर्थन गरेकोमा माफी मागेका छन्। यससँगै उनले हालै आफ्नो प्लेटफर्ममा विज्ञापन बन्द गरेका कम्पनीलाई निशाना बनाएका छन् । एलोन मस्कले न्यूयोर्क टाइम्सको डिलबुक शिखर सम्मेलनमा भाग लिँदै यस्तो बताएका हुन।
मस्कले भने, ‘म उनीहरुले विज्ञापन गरून् भन्ने चाहन्न । यदि कसैले मलाई विज्ञापन वा पैसा मार्फत ब्ल्याकमेल गर्न जाँदैछ भने नरकमा जानुहोस् ।’ यद्यपि, मस्कले विज्ञापनदाताहरूको लामो विरोधले एक्स टाट पल्टिन सक्ने स्वीकारेका छन । मस्कले भने, ‘यो विज्ञापन बहिष्कारले कम्पनीलाई ध्वस्त पार्नेछ । सारा संसारले थाहा पाउनेछ कि ती विज्ञापनदाताहरूले कम्पनीलाई बर्बाद गरे।’
प्रतिक्रिया दिनुहोस