aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कतार एयरवेजमा यात्रा गर्ने यात्रुलाई २५ प्रतिशत सम्म छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ बैशाख २०७६
कतार एयरवेजमा यात्रा गर्ने यात्रुलाई २५ प्रतिशत सम्म छुट

कतार एयरवेजले ३० अप्रिल देखि ६ मे सम्म फस्र्ट क्लास एवं बिज्नेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको अनुभवको लागि आमन्त्रण गरेको छ।

यात्रुहरुले अब कतार एयरवेजको १६० प्रवेशद्वार मध्येको कुनै एक गन्तव्य छनौट गर्दै सम्पूर्ण प्रिमियम दरमा २० प्रतिशत सम्मको छुट र थप एक सहयात्रीसँग २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने एयरवेजले जनाएको छ।

प्रिभिलेज क्लब सदस्यहरुले पनि आफ्ना सम्पूर्ण प्रिमियम बुकिङमा डबल क्यू प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।

संसारकै सर्वोत्कृष्ट बिज्नेस क्लासको रुपमा कतार एयरवेज आफ्ना प्रिमियम यात्रुहरुलाई सुरुवातदेखि अन्तसम्म अविस्मरणीय यात्राको अनुभव प्रदान गर्न हरदम प्रयत्नरशील रहेको कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी, साइमन टलिङ–स्मिथले बताए।

प्रतिक्रिया दिनुहोस