aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल क्लियरिङ हाउसले लाभांश पारित गर्यो, अधिकृत पुँजी २ अर्ब हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ मंसिर २०८०
नेपाल क्लियरिङ हाउसले लाभांश पारित गर्यो, अधिकृत पुँजी २ अर्ब हुने

काठमाडौं । नेपाल क्लियरिङ हाउसले ३० प्रतिशत लाभांश पारित गरेको छ । आइतबार बाह्रौं वार्षिक साधारण सभाले २८.५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश पारित गरेको हो । लाभांश वितरणपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्बभन्दा बढी भएको छ । बैठकले अधिकृत पुँजी वृद्धि गरी २ अर्ब पुर्‍याउन पनि स्वीकृति दिएको छ ।

नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने प्रस्ताव समेत पारित गरेको छ । साधारण सभाले कम्पनीको सेयर स्वामित्व संरचनामा साविकझैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुमात्र कायम रहने गरी गाभ्न, गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस