
काठमाडौं । विदेशमा खरिद विक्री भएर चर्चामा आएको भनिएको एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले रिट दर्ता गरेका हुन ।
सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको शेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको भनिएको बिक्री रोक्न माग गर्दै रिट दायर गरेको बताए । उनले भने, आइतबार रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ समेत हुने छ ।
प्रतिक्रिया दिनुहोस