aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ

काठमाडौं । अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस