aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते (भिडियो सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६

काठमाडौं । राजधानीको तारकेश्वरमा एक विद्यालयको छानो खस्दा ३९ जना  विद्यार्थी घाइते भएका छन । प्राप्त जानकारी अनुसार तारकेश्वर नगरपालिका–३ जितपुरमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको ट्रसले छाएको छानो खस्दा विद्यार्थी घाइते भएका हुन् । घाइते प्राथमिक तहमा अध्ययनरत विद्यार्थी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घाइतेमध्ये ४ जना गम्भिर घाइते भएका छन् । विद्यालयमा फुटबल प्रतियोगिता चलिरहेका बेलामा विद्यालयको बारदलीमा बसेर हेरिरहेका विद्यार्थी सहित बारदली खसेको बताइएको छ । 

तारकेश्वर नगरपालिका–३ जितपुरमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलको ट्रसले छाएको छानो खस्दा घाइते भएका विद्यार्थीहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस