aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

देशभरका विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६
देशभरका विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द

काठमाडौं । बिहीबार देशभरी नै विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द भएका छन् । विद्युत प्राधिकरण ट्रेड युनियन चुनावका लागि भन्दै कर्मचारीले काउण्टर बन्द गरेको बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज देशभरका कुनै पनि काउन्टरबाट विद्युत् महसुल तिर्न सकिने छैन् । जसका कारण सेवाग्राहीहरु भने मार्कामा पर्ने भएका छन् ।

चुनावमा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघबीच प्रतिष्पर्धा हुने प्राधिकरणले जनाएको छ ।अनलाइन प्रक्रियाबाट भने बिल भुक्तानी गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस