aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

दराजको तयारी नेपालको सबैभन्दा ठूलो सेल ११.११

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ कार्तिक २०७६
दराजको तयारी नेपालको सबैभन्दा ठूलो सेल ११.११

काठमाडौं । संसार कै सबैभन्दा ठूलो सेल, अलिबाबाको ११.११ सेल नजिकिदै छ । पहिले चीनमा मात्र सिमित उक्त सेल अहिले संसार भरि एउटा मनोरन्जनात्मक सेल डे को रुपमा चिनिन गएको छ । यो सेल अहिले अलिबाबा संग सम्बधित देशहरु तथा दराजले व्यापार गर्ने नेपाल लगायत अन्य देशहरुमा पनि हरेक वर्ष नोभेम्बर ११ को दिन हुने जनाएको छ ।

अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजित गरेको थियो । उक्त दिनमा दराजले साधारण दिनभन्दा ८० गुणा बढि व्यापार देखेको कम्पनीले जनाएको छ ।  साथै २ लाख भन्दा बडि उपभोक्ताहरु, १००० भन्दा बढी बिक्रेता तथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । त्यो सच्चिनै नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको हुन पुगेको थियो । 

नेपालमै पहिलो चोटी विद्युतीय भुक्तानी सेवा को सुरुवात गरेर दराजले यसपाली को ११.११ सेल लै अझै ठूलो बनाउने भएको छ । यस एक दिने महा अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, “पूर्व साल को सफलता तथा परिणामहरू बाट सिक्दै यसपाली हामी उपभोक्ताहरुलाई झनै राम्रो र सच्चिनै रमाइलो एक दिन को सेल को अनुभूति दिन चाहानछौं । हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्न अझै बढी जनशक्ति तथा सामानहरु थपेका छौं । इन–एप गेमहरु, मेगा भौचरहरु, उपहारहरु, र खास छूटहरु तथा सामाजिक सञ्जाल मा प्रत्यक्ष प्रशारण हुने रमाइलो भिडियोहरुले गर्दा यो यस वर्ष कै ठूलो हाइलाइट हुने अनुमान छ।”

दराज को तयारी
यस साल को ११.११ अभियान मा दराज सँग ३००० हजार भन्दा बढी बिक्रेता गरि ३ लाख भन्दा बढी सामानहरु तथा ४ लाख भन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान छ । त्यस दिनमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरु को लागि तयारि गर्न दराजले ४०० थप डेक्स हेरोहरु (दिलिभरी राइडर) तथा ५० जना थप कस्टमर केर अगेंटहरु थपेको छ । 

साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्शन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ । उपभोक्ताहरुले आफुले पहिले पैसा तिरिसकेको समानहरु आफुलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराज हब बाट लिन सक्छनेछन् जसले गर्दा वितरण फी तिर्नु पर्दैन । 

यसका साथ साथै सामानको गुण्स्तर चेक गर्न दराजमा आझै धेरै फिचरहरु पनि थपिएका छन् जस्तो कि इमेज रिव्यू र सेलर सँग प्रतक्ष च्याट गर्न मिल्ने सेवा । यी फिचरहरुले उपभोक्ताहरुलाई सठिक सामान छान्न निक्कै सहयोग पुग्नेछ । साथै मशिन लर्निङ्ग अथवा आर्टीपÞmीशीयल इन्टेलिगेंस मार्फत दराज ले उपभोक्ता हरुलाई आफूले खोजेको जस्तो समान खोज्न सहयोग त पुराइरहेको नै छ ।  समग्रमा यस वर्ष को ११.११ एकदिनकोसेल अहिले सम्म कै सबै भन्दा ठूलो र उत्क्रिस्ट हुने अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस