aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
नाममात्रका होटल संघद्धारा गैरकानुनी शुल्क अशुली, सिडीओ भन्छन् आजै पक्राउ गर्छु

नाममात्रका होटल संघद्धारा गैरकानुनी शुल्क अशुली, सिडीओ भन्छन् आजै पक्राउ गर्छु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ चैत्र २०७५
नाममात्रका होटल संघद्धारा गैरकानुनी शुल्क अशुली, सिडीओ भन्छन् आजै पक्राउ गर्छु

 होटल संघका नाममा सोखलुखुम्बुमा गैरकानुनी शुल्क लिइरहेको पाइएको छ । सोलुखुम्बुमा खुलेका होटलहरुले होटल संघ(गैर नाफामूलक) संस्था खोल्ने र पर्यटकसँग संस्थाका नाममा मोटो रकम लिइएका हुन । आर्थिक न्यूजडटकमलाई प्राप्त केहि होटल संघका विल अनुसार ५ सय देखि ४५ सय रुपैयाँसम्म लिएको पाइएको छ । 

 

सोलुखुम्बुमा आउने पर्यटकहरुसँग सिंगल रुममा बस्नेले ५ सय र डबल रुममा बस्नेले १ हजार रुपैयाँ संघलाई गैरकानुनी शुल्क तिर्दै आएको एक पर्यटन व्यवसायले बताए । सोलुखुम्बु( इक्याप)मा मात्र सबै संघलाई रकम तिर्न थाल्यो भने त पर्यटकलाई खुवाउने  पैसा चन्दा दिएर नै सकिन्छ ती व्यवसायीले आर्थिक न्युजडलकमलाई भने । 

सरकारी नियम अनुसार भन्ने हो भने पनि चन्दा दिएको भनेर १ लाख रुपैयाँ भन्दा बढी वासलतमा देखाउन मिल्दैन तर हरेक होटल संघलाई तिर्ने रकम यो भन्दा पनि बढी हुने ति व्यवसायीको भनाइ छ । 

सोलुखुम्बु जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले भने, ‘होटल संघहरुको दादागिरी चलेको छ यो यसभन्दा पहिला पनि गुनासो आएका कारणले यस्तो शुल्क लिन बन्द गर्नु भनेर प्रहरीलाई निर्देशन दिएको थिए ।’ 

प्रहरीले यस्तो गैरकानुनी शुल्क लिने संघहरुलाई प्रक्राउ गर्न अहिले नै निर्देशन लिने समेत बताए । उनले भने, ‘अहिले पर्यटनको सिजन छ होटल नै बन्द गर्ने धम्की दिनेहरुदेखि भने सजक हुन पर्छ ।’ 
 

प्रतिक्रिया दिनुहोस