aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भ्रमण वर्ष सफल हुन ३० प्रतिशतले पर्यटक बढ्नुपर्ने

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • मंगलबार, २६ कार्तिक २०७६
भ्रमण वर्ष सफल हुन ३० प्रतिशतले पर्यटक बढ्नुपर्ने

काठमाडौं । भ्रमण वर्ष सन् २०२० सफल हुन २५ देखि ३० प्रतिशतले पर्यटक बढ्नुपर्ने देखिन्छ । नेपालमा सन् १९९७ मा ४ लाख २१ हजार ८ सय ५७ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् १९९८ मा यसको तुलनामा ९ प्रतिशतले पर्यटक बढेको देखिन्छ । सो वर्ष ४ लाख ६३ हजार ६ सय ८४ जना पर्यटक नेपाल भ्रमण गरेका छन् । सन् १९९९ मा यसको ६ प्रतिशतले बढेर ४ लाख ९१ हजार ५ सय ४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् भने सन् २००२ मा आउँदा ४ लाख ६३ हजार ६ सय ४७ जनाले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्याङकले देखाएको छ । 

सन् २००२ मा अघिल्लो वर्षको तुलनामा पर्यटकको संख्या साढे २३ प्रतिशतले घटेको पाइन्छ भने सन् २००८ मा पनि पर्यटक घटेको देखिन्छ । सन् २०१५ मा आउँदा ३१ प्रतिशतले पर्यटकको संख्या घटेको देखिन्छ ।  सन् २०१६ मा ४० प्रतिशतले पर्यटकको संख्या बढेको छ भने सन् २०१७ र सन्  २०१८ मा आउँदा २५ प्रतिशतले बढेको देखिन्छ ।

सन् २०१९ को अन्तिम सम्ममा १० प्रतिशतले पर्यटकको संख्या बढ्ने आशामा रहेको नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले बताए । २०१९ को अक्टोबरसम्म ८ प्रतिशतले मात्र पर्यटकको संख्या बढेको देखिन्छ । अक्टोबरसम्म ९ लाख ७५ हजार ५ सय ७५ जना पर्यटक नेपाल आएका छन् ।  लामिछानेका अनुसार  सन् २०१८ मा जति पर्यटक आए त्यसको ३० प्रतिशत बढेर अर्को वर्षमा ३० प्रतिशतले पर्यटक बढेको भए २०२० मा २० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य पूरा हुन्थ्यो । 

सन्  २०१९ मा पर्यटकको संख्या कम हुनुको कारण एयरपोर्टको समस्या र नेपालमा फैलिएको डेंगुको त्रासका कारण यो महिनामा पर्यटकको संख्या कम भएको लामिछानेको भनाइ छ । लामिछानेले भने–‘नेपालमा भ्रमण वर्ष घोषणा गरेको वर्षमा भन्दा पछिल्लो वर्षमा पर्यटकको संख्या बढ्ने गरेको छ । यसपटक पनि सन् २०२० मा भन्दा २०२१ मा पर्यटकको संख्या बढी हुन पनि सक्छ । सन्  २०२० र सन्  २०२१ मा पर्यटक बढेर २२ मा घट्न पनि सक्छ ।’  सन्  २०१७ र सन्  २०१८ मा पर्यटक आउँदा नेपालको राजस्वमा २.२ प्रतिशतले योगदान पुगेको पर्यटन विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस