aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

टेलिकमका ग्राहकले एकैपटकमा धेरै जनालाई एसएमएस गर्न यसो गर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
टेलिकमका ग्राहकले एकैपटकमा धेरै जनालाई एसएमएस गर्न यसो गर्नुपर्ने

काठमाडौं । एकैपटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क एसएमएसको प्रयोग गरिन्छ । यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ÷संस्थाका लागि बढी उपयोगी छ । व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि यो उपयोगी हुन्छ । 

नेपाल टेलिकमले ग्राहकका लागि वेबमा आधारित बल्क एसएमएस सुविधा उपलब्ध गराइरहेको छ । संघ÷संस्थाहरुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालयमार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिस  सेवा प्रदायक संस्थासँग सम्पर्क गरी सेवा प्राप्त गर्न सकिन्छ । यस सम्बन्धी सेवा उपलब्ध गराउन चाहने सेवा प्रदायकले आफ्नो प्रस्ताव र अन्य कागजातका साथ प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा सम्पर्क राख्नु पर्दछ । 


यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुने टेलिकमले जनाएको छ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात टेलिकमको वेबसाइट प्रयोग गरी  यो सेवा उपभोग गर्न सकिन्छ । 
ग्राहक स्वयंले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा १४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिन्छ । वेब सुविधा नभएका ग्राहकहरुले आपूmले पठाउन चाहेको सन्देश र पठाउनुपर्ने मोबाइल नम्बरहरु उपलब्ध गराएमा कम्पनी वा सेवाप्रदायकले एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध छ । 

नेपाल टेलिकमबाट यो सेवा लिन चाहने संघ–संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनुपर्ने हुन्छ । सोभन्दा कम एसएमएस पठाउन चाहने संघ÷संस्थाले कम्पनीबाट अनुमति प्राप्त सेवा प्रदायकहरुसँग सम्पर्क गरी लाभ लिन सकिने छ र एसएमएस संख्याको आधारमा शुल्क निर्धारण गरिएको टेलिकमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस