aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

 
काठमाडौं । एनसेलका प्रिपेड ग्राहकहरुका लागि सुलभ दरमा कुरा गर्न सक्ने प्याक ल्याएको छ । एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यस अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँको दरमा देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सक्छन् । 
 यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट १.९९ रुपैयाँ  लाग्ने छ । यो अल नेट भ्वाइस प्याक मंगलबारदेखि संचालनमा आएको कम्पनीले जनाएको छ ।

यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० (कर सहित रु २५.५४) रुपैयाँमा लिन सक्छन् । यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याईएको यो पहिलो पटक हो ।
 
यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले  एष्ट्रिक्स १७११८एष्ट्रिक्स ७ ह्यास डायल गर्न सक्छन् । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । यो प्याकले ग्राकहलाई थप मुल्य प्रदान गर्ने र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ ।
 

प्रतिक्रिया दिनुहोस