
काठमाडौं । ३ लाख सार्वजनिक सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिने भएको छ । देशभर सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भ्रमण वर्षको प्रचार गर्न आज पर्यटन मन्त्री योगेश भट्टराइले यातायात व्यवसायीलाई स्टिकर र लोगो बितरण गरेका छन् ।
नेपाल भ्रमण बर्ष सफल बनाउन उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई तालिम दिइने उनले जानकारी दिए । त्यस्तै सार्वजनिक यातायातका यात्रु तथा चालक र सहचालकलाई सरसफाईमा चेतना जगाउन १०० जना स्वयमसेवक परिचालन गरिने उनले बताए ।
भ्रमण बर्षको प्रचार तथा कामको समन्वय पर्यटन मन्त्रालयमा, भ्रमण बर्ष सचिबालय पर्यटन बोर्ड, स्थानीय तह, यातायात ब्यबसायी राष्ट्रिय महासंघ, ट्रेड युनीयन, ट्राफिक लगायत अन्य सस्थाले समेत गर्ने भएका छन ।
प्रतिक्रिया दिनुहोस