aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

“पल्सर डेयर भेन्चर ४” नोभेम्बर १६ देखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
“पल्सर डेयर भेन्चर ४” नोभेम्बर १६ देखि

काठमाडौं । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  गर्ने भएको छ । पल्सर डेयर भेन्चर ४ यहि शनिबार अर्थात नोभेम्बर १६ तारिकबाट राति ९ बजेदेखि एपी १ टिभीमा प्रसारण हुने भएको छ ।

पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लद्दाखमा लगेको छ । 

सिमावर्ती बाइक यात्राको अनुभव र मज्जा लिनुका साथै विजेताले रु १० लाख नगद र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा शुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस