
काठमाडौं । आन्तरिक राजश्व विभागले १ सय ५० रोपन सरकारी जग्गा गैरकानुनी तरिकाले हड्प्ने तारागाउँ रेजेन्सी होटललाई सम्मान गरेको छ । मन्त्रिपरिषद्को निर्णयविना तारागाउँ विकास समितिले गैरकानूनी रुपमा तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (होटल ह्यात) को नाममा राजीनामा पास गरेको १ सय ५० रोपनी जग्गा पुनः सरकारकै नाममा कायम गराउन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिले निर्देशन दिएको महिनौ बितिसक्दा पनि सरोकारवाला निकायले कुनै पनि कारबाही अगाडि बढाएका छैनन् ।
२०७५ चैत २४ मा अन्तर्राष्ट्रिय समितिले गलत ढंगले दिइएको १ सय ५० रोपनी जग्गा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, सरकारको अर्को निकायले भने ह्यायतलाई सम्मान गरेर प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको निर्देशनलाई धज्जी उढाएको छ ।
सबैभन्दा धेरै कर तिर्ने ब्यवसायी तथा प्रतिष्ठानहरुलाई सम्मान गर्ने क्रममा पर्यटन क्षेत्रबाट ह्यायतलाई सम्मान गरेको हो । यसवर्षपनि सूर्य नेपाल प्रालि सर्वाधिक कर तिर्ने कम्पनीमा परेको छ । दोस्रोमा सबैभन्दा बढि कर डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि, चौथोमा राष्ट्रिय बाणिज्य बैंक छन्। यसैगरी वर्डलिङ्क, बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ब्यापारतर्फ , मध्यमस्तरीय कर दाता सबैभन्दा धेरै कर तिर्ने कामाना बिकास बैंक,अग्नि इन्टरप्राईजेज सम्मानित भएको छन्।
व्यक्तिगततर्फ बढि कर तिर्नेमा सिद्धार्थ राणा छन् भने आन्तरिक करतर्फ घोराही सिमेन्ट सम्मानित भएको छ। सरकारले मंसिर १ गतेलाई कर दिवसका रुपमा मनाउदै आएको छ । आइतबार राजजधानीमा आयोजना गरिएको कर दिवसका अवसरमा अर्थमन्त्री डा.युवराज खतिवडाले उनीहरुलाई सम्मानित गरेका हुन ।
प्रतिक्रिया दिनुहोस