aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

८ करोडमा सागको प्रसारण अधिकार भारतीय कम्पनी एन के मिडियालाई बेच्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
८ करोडमा सागको प्रसारण अधिकार भारतीय कम्पनी एन के मिडियालाई बेच्याे

काठमाडाैं । १३ औ दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चरलाई बेचिएको छ । सागको मूल समितिले आइतबार एन के मिडिया भेन्चरसँग ब्रोडकाष्टिङ पार्टनरको रुपमा सम्झौता गरेको हाे ।

सम्झौता पत्रमा एन के मिडियाका प्रभात सञ्जन मल्लिक र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतासँगै ब्रोडकाष्टिङ अधिकार बापत एन के प्रालिले ८ करोड उपलब्ध गराउने भएकाे छ ।

यस्तै एन के मिडिया अन्तर्गत रहेको नक्षत्र न्युजले सागको २७ खेलको प्रत्यक्ष प्रशारण गर्नेछ । सो बेलालाई नेपाल टेलिभिजनले प्रोडक्सनमा सघाउने छ । साथै नेपाल टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण हुनेछ । त्यसबाहेक कम्तिमा १५ विदेशी च्यानलले सागको प्रत्यक्ष प्रशारण गर्नेछ । यसका लागि १५० देखि २०० क्यामेरा प्रयोग गर्ने छन्।

प्रतिक्रिया दिनुहोस