aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
फानी आँधी र पश्चिमी वायुको प्रभाव, सगरमाथा आधार शिविरका डेढ दर्जन टेन्ट उडायो

फानी आँधी र पश्चिमी वायुको प्रभाव, सगरमाथा आधार शिविरका डेढ दर्जन टेन्ट उडायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ बैशाख २०७६
फानी आँधी र पश्चिमी वायुको प्रभाव, सगरमाथा आधार शिविरका डेढ दर्जन टेन्ट उडायो

सोलुखुम्बु । हावाहुरीले सगरमाथाको आधारसिविरबाट डेढ दर्जन पाल उडाएको छ । समुन्द्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको नाम्चेबजारबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

क्याम्प टुमा हुरीले केही पाल उडाए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ । झन्डै ६ हजार दुई सय मिटरको उचाइमा रहेको क्याम्प टुमा चुचुरोमा पुग्ने बेलाका लागि आवश्यक खाद्यान्न छ ।

अक्सिजन सिलिन्डर र अन्य बन्दोबस्तीका सामान भण्डारण गरिएको हुन्छ । सामाग्री राखिएको टेन्ट उडाएकाले मानवीय क्षति हुन नपाएको सम्पर्क अधिकृत श्रेष्ठले बताए । नागरिक दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस