aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

क्यान महासंघलाई चुनाव लाग्यो, पाण्डे र कुँवरको प्यानल मैदानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
क्यान महासंघलाई चुनाव लाग्यो, पाण्डे र कुँवरको प्यानल मैदानमा

काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनका लागि दुई समुह देखा परेका छन् ।  क्यान महासंघको आसन्न निर्वाचनका लागि सुनैना घिमिरे पाण्डे र  नवराज कुँवरको प्यानलले उम्मेद्धारी घोषणा गरेका छन् ।  मंसिर ७ गते हुने क्यानको १३औँ कार्यसमिति र  निर्वाचनमार्फत नेतृत्वका लागि पाण्डे र कुँवर प्यानलसहित प्रतिस्पर्धामा गर्ने भएका हुन । 

स्पेसटेक प्रालिका अध्यक्ष र जेनेरल टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक रहेकी पाण्डेले क्यान महासंघमा १५ वर्षदेखि आबद्ध छिन । उनले क्यान महासंघमा सदस्य, सचिव हुँदै उपाध्यक्षसम्मको यात्रा पार गरिसकेकी छिन । 

शनिबार घोषणासभामा बोल्दै पाण्डेले आफूले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा ससक्त, सबल र अनुसन्धानमुलक संस्थाको रुपमा अगाडि बढाउने बताइन् । उनले भनिन, ‘ सूचना तथा संचार प्रविधिमा नेपालको एकमात्र सर्वोच्च संस्थाको रुपमा स्थापित गराउनेछु, त्यसैगरी स्टार्टअप कम्पनीहरुलाई प्रोत्साहन गर्ने र आईसीटी बोर्ड गठन गर्न पहल गर्नेछु, । ’ 

२०५२ सालमा लुम्बिनीबाट साधारण सदस्यबाट क्यानमहासघमा प्रवेश गरेका कुँवरले पहिलो पटक उपत्यका बाहिरबाट अध्यक्ष पदका लागि उम्मद्धावारी दिएका हुन । आफ्नो उम्मेद्धावारी घोषणा गर्ने क्रममा भने, म महासंघको  अध्यक्ष भएभने ७७ वटै जिल्लामा क्यान महासंघका शाखा विस्तार गरि सूचनाप्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ मैले सूचना प्रविधि व्यवसायीको छाता संस्थाका रूपमा रहेको क्यान महासंघको अध्यक्ष पदमा दाबेदारी पेस गरेको हुँ, । ’

को कस्को प्यानलमा 
पाण्डेको प्यानल

संस्थागत आजीवन सदस्य - विक्रम सिंह, ई. समीर प्रधान र अहमद खान
संस्थागत सदस्यतर्फ - विश्वराम बलामी, अरुण वंशल, उमेश रघुवंशी, रणजितकुमार पोद्दार, बुद्धरत्न मानन्धर, सरितासिंह कायस्थ, नुच्छे महर्जन
व्यक्तिगत आजीवन सदस्यतर्फ- हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान, ई. अमित अग्रवाल 
व्यक्तिगत सदस्यतर्फ -रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, ई. गुणकेशरी प्रधान, ई. वसन्त लिङथेप डा. श्रीधर मरासिनी, रूपेशभक्त श्रेष्ठ र सुष्मा शर्मा 

 प्रदेश–१ मा  ठाकुरकुमार श्रेष्ठ र भूपेन्द्र मैनाली
प्रदेश–२ मा जितेन्द्र रौनियार र सरोजबाबु न्यौपाने
प्रदेश–३ मा श्यामकल श्रेष्ठ र जयराम हुमागाईं 
गण्डकी प्रदेश- जगनबहादुर गुरुङ र कृष्ण पौडेल
कर्णाली प्रदेशमा – पूर्णदेव अधिकारी 
सुदूरपश्चिम प्रदेश– मनोहरकुमार श्रेष्ठ र खेमराज ढुंगाना 
लेखा समिति– सदस्यतर्फ राजु कट्टेल, केशव भट्टराई र नारायण क्षत्र 

कुँवर प्यानल 
समूहबाट संस्थागत साधारण समूह- राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने
संस्थागत आजीवन समूह -डा. पवनकुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल 
व्यक्तिगत आजीवन समूह - प्रा.डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी र व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, घनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की 
वस्तुगत सदस्य समूहबाट नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जीवी अधिकारी, प्रताप सापकोटा 
प्रदेश– २ दीपेन्द्रराज सिंह र भूपालदास श्रेष्ठ 
प्रदेश– ३ मा शेखरनाथ दुलाल र भानु शर्मा 
गण्डकी प्रदेश अशोकबाबु राना 
प्रदेश– ५ मा रेशम गिरी र ध्रुवराज शर्मा (सुदीप) 
कर्णाली प्रदेश -दलबहादुर खड्का र भीम मल्ल 
सुदूरपश्चिम प्रदेश- हर्क सेठ्ठी र खेमराज ढुंगाना 
लेखा समितिमा- लक्ष्मण यादव, हृदयमान श्रेष्ठ र भीमसेन गिरी
 

प्रतिक्रिया दिनुहोस