aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एयरलाइन्सद्वारा प्लाष्टिक कप विस्थापन गर्ने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
एयरलाइन्सद्वारा प्लाष्टिक कप विस्थापन गर्ने घोषणा

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्ना सबै जहाजमा प्लाष्टिकका कप प्रयोग नगर्ने भएको छ । एयरलाइन्सले यात्रुलाई पानी तथा अन्य पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कप विस्थापन गर्ने घोषणा गरेको हो । 
    
अबदेखि प्लास्टिकको सट्टा पेपर ९कागज० कप प्रयोगमा ल्याइने कम्पनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । वातावरण संरक्षण र कार्वन उत्सर्जनमा कमी आउने कम्पनीको भनाइ छ । पेपर कपको उद्घाट गर्दै संयुक्त राष्ट्र संघ विकास नियोग (युनएनडिपी)का आवासीय प्रतिनिधि आइसियानी लेबेले वातावरण संरक्षणका लागि यती एअरलाइन्सले सकारात्मक प्रयास गरेको बताए ।
    
यती एअरलाइन्स नेपालमा कार्बन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो वायु सेवा कम्पनी हो । पेपर कपसँगै यती एअरलाइन्सले थप दुई विद्युतीय कार प्रयोगमा ल्याएको छ । यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न युएनडिपिसँग सहकार्य गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस