aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

घुम्दा घुम्दै पारी पुगेपछि पाँच विदेशी जेलको बास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
घुम्दा घुम्दै पारी पुगेपछि पाँच विदेशी जेलको बास

काठमाडौं । नेपालको सबैभन्दा होचो स्थान कचनकबल घुम्न आएका पाँच  युक्रेनी नागरिकलाई भारतीय सुरक्षा बल(एसएसबी)ले पक्राउ गरेको छ । खुला सिमानाको पत्तो नपाएर भारतीय भूभागमा पुगेका उनीहरु बिहारको किसनगञ्ज क्षेत्रबाट पक्राउ परेका हुन् । 

झापाको कचनकबल गाउँपालिकामा भारतीय सिमाना नजिक नेपालकै होचो स्थान केचनास्तम्भ छ । शुक्रबार सो स्थानमा घुम्ने क्रममा युक्रेनी नागरिक सिमाना नचिनेर अलमलिँदै १०० मिटर टाढा भारतीय भू–भाग कादोगाउँ पुगेका थिए । कादोगाउँमा तैनाथ एसएसबीका जवानले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 पक्राउ पर्नेमा मारियाना रुडिक, भ्लादिमीर कोवालचक, लिलिया कोवालचक, अलेक्जेन्डर काप्टजेन र इवान सिक छन् । झुक्किएर सीमापारि पुगेकाले उनीहरुलाई छाडिदिन नेपाली सुरक्षा निकायले भारतीय पक्षसँग आग्रह गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस