aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

७१ वटा अण्डा १ मिनेटमै फुटाएर गिनीज बुकमा नाम लेखाए ठकुरीले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
७१ वटा अण्डा १ मिनेटमै फुटाएर गिनीज बुकमा नाम लेखाए ठकुरीले

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ३ पटक बिश्व किर्तिमान कायम गर्न सफल कराते खेलाडी उज्ज्वल ठकुरीले चौथो र पाँचौ बिश्व गिनीज (रेकर्ड) किर्तिमान प्राप्त गर्न सफल भएका छन् ।

उनले यस पटक भने चार फिट माथि ७१ वटा अण्डा प्लास्टिक झोलामा झुन्ड्याईएको सबै अन्डालाई एक मिनेटमा एक-एक गरि उनले फोडेर विश्व कृर्तमानी कामय गरेका हुन्।

५ औ पटक बिश्व किर्तिमान गरे पछि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले प्रशंसा पत्र द्वारा किर्तिमानधारी ठकुरीलाई सम्मान गरेका छन् । 

ठकुरीले तीन फरक वर्गका उनले ५ वटा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् । गत सेप्टेम्बर २२, २०१९ मेरिल्याण्ड बाल्टिमोरको नेपाली संस्था बानाले आयोजना गरेको सडक महोत्सवमा २०२० नेपाल भ्रमण बर्षलाई प्रवर्द्धन गर्न आयोजना गरिएको कार्यक्रममा उज्ज्वल ठकुरीले गरेको प्रस्तुतिले उनलाई पाँचौ बिश्व किर्तिमान अभिलेख (रेकर्ड)राख्न सफलता मिलेको हो ।

ठकुरीले उक्त अभिलेख (रेकर्ड) चार फिट माथि ७१ वटा अण्डा प्लास्टिक झोलामा झुन्ड्याईएको थियो । उक्त सबै अन्डालाई एक मिनेटमा एउटा एउटा गरि उनले फोडेका थिए ।

ठकुरीले एक मिनेटमा ६८ वटा अण्डा लात्ती प्रहार गरि फुटाएर बिश्व किर्तिमान राख्न सफल भएका छन् । त्यो भन्दा अगाडी ठकुरीले ६४ वटा अण्डा फुटाई सकेका थिए तर कारणबस प्रमाण पत्र दिएको थिएन ।  

यस पटक एकै चोटी दुवै रेकर्ड (किर्तिमान)को प्रमाण पत्र प्राप्त गर्न सफल मात्र भएनन ,उनले बिश्व रेकर्ड (अभिलेख)मा रहेको एक मिनेटमा ५३ वटा अण्डा फोडेको पुरानो किर्तिमानलाई तोडेका छन् ।

ठकुरीले पहिलो र दोश्रो विधामा खुट्टा फाडेर (फांग) गरेर ६३.४३ र ६४.६३ केजी उठाएर सन् २०१७ मा दुई पटक किर्तिमान राख्न मात्र सफल भएनन कि २१ पटक बिश्व किर्तिमानधारी भएको रब भ्यानडम नाम भएको प्रख्यात पहलवान (रेस्लर)खेलाडीको किर्तिमान तोडेका थिए ।

ठकुरीको तेश्रो किर्तिमान सन् २०१८ मा ४ फिट माथि ३ मिनेट भित्र २ सय २६ पटक घुँडा प्रहार भारतले राखेको बिश्व किर्तिमान तोडेका थिए । त्यस्तै गरि ठकुरी ले २०१८ मै चौथो बिश्व रेकर्ड १ मिनेटमा ६४ अण्डा फोड्न सफल भएका थिए तर प्रमाण पत्र प्राप्त गरेको थिएन ।

ठकुरी निराश भएनन बरु २०१९ त्यो भन्दा राम्रो किर्तिमान १ मिनेटमा ६८ वटा अण्डा फोडेर दुवै किर्तिमान (रेकर्ड)र प्रमाण पत्र हासिल गरेका छन् ।

मार्शल आर्ट खेलमा बिश्व प्रसिद्ध राष्ट्रहरु कोरिया,चीन,जापान जस्ता देशले यो किर्तिमान राख्न सकेका छैनन् जब कि कराते र मार्शल आर्ट्स (युद्ध कला) जस्ता निर्माणकर्ता र संस्थापक यि बिकसित देश हुन्  ।

ठकुरी अमेरिका र नेपाल देशको पहिला नेपाली कराते खेलाडी हुन् जस्ले सन् २०१७ ,२०१८ ,२०१९ मा लगातार ३ वटा छुट्टा छुट्टै विधामा तीन वटा राज्य भर्जिनिया ,मेरिल्याण्ड र ओहायोमा बिश्व किर्तिमान राख्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस