aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एनसेलको कर निर्धारण फेरि फेरियो, २१ अर्ब १० करोड ३९ लाख तिरे पुग्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
एनसेलको कर निर्धारण फेरि फेरियो, २१ अर्ब १० करोड ३९ लाख तिरे पुग्ने ?

काठमाडौं । पुँजीगत लाभकर काण्डमा एनसेल नेपालले कर सर्वोच्च अदालतले फेरि नयाँ कर निर्धारण गरिदिएको छ। सर्वोच्चले विहीबार  सार्वजनिक गरेको पूर्णपाठमा  एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ तिर्नु पर्ने फैसला गरेको छ। 

यसभन्दा पहिला एनसेललाई नेपाल सरकारलाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ  तिर्न पर्ने गरि कर निर्धारण गरेको थियो। कुल कर निर्धाणरण भने ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ गरेको थियो। त्यसबेला एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ तिरिसकेको थियो। न्यायाधिशसहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही र मनोजकुमार शर्माले यो नयाँ कर निर्धारण गरिदिएका गरेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस