aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सागमा नेपाललाई ८ स्वर्ण घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ मंसिर २०७६
सागमा नेपाललाई ८ स्वर्ण घाटा

काठमाडौं । आसन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाललाई आठ वटा स्वर्ण पदक घाटा लागेको छ । नेपालले छानेको प्याराग्लाइडिङ खेलमा अन्य देशको सहभागिता नपुगेपछि प्रतियोगिताबाट उक्त खेल हट्दा नेपाललाई घाटा लागेको हो । 


नेपालले प्याराग्लाइडिङ र क्रिकेट छानेको थियो।पदकको प्रबल सम्भावना बोकेको ठानिएको प्याराग्लाइडिङमा आठ स्वर्णपदक समावेश थिए। हालै इन्डोनेसियामा सम्पन्न पछिल्लो एसियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङबाट नेपालले रजतपदक जितेको थियो। सागमा नेपालले प्याराग्लाइडिङको सबै खेलमा स्वर्णपदक जित्ने आशा गरेको थियो। प्याराग्लाइडिङमा क्रस कन्ट्री र एक्युरेसी गरी दुई इभेन्टस समावेश गरिएको थियो।

दुवै इभेन्ट्समा पुरुष एकल, महिला एकल, टिम पुरुष र टिम महिला गरी ४–४ स्वर्ण राखिएको थियो। दक्षिण एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्रले दुई खेल छान्न पाउने प्रावधान रहेको छ ।  यससँगै सागमा खेलको संख्या घटेर २६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस