aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

टिकटकबाट 'पपुलर'का साथै करोडौं कमाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ मंसिर २०७६
टिकटकबाट 'पपुलर'का साथै करोडौं कमाई

एजेन्सी । सामाजिक सञ्जाल टिकटकको क्रेज बढ्दै गएको छ । यो एपको माध्यमबाट मानिस नाम र दाम दुबै कमाउन सक्ने भएका छन् । यसमा अब विश्वका ठूला कम्पनीका ब्राण्डहरु पनि सामेल हुन थालेका छन् । 

ठूला कम्पनीका ब्राण्डहरु जोडिएकाले अब टिकटक युजर्सले रमाइलोका साथै पैसा पनि कमाउन सक्ने भएका छन् । टिकटकको एप प्रयोग गर्दै इटेलले उसको विषयमा बनाएको भिडियो टिकटकमा अपलोड भएपछि बनाउने वालालाई कम्पनीले रकम पनि उपलब्ध गराएको थियो । 

यसरी पैसामा पनि कमाउन टिकटक युजर्सको प्लेटफर्मको संख्या धेरै हुन जरुरी हुन्छ । यदि धेरै युजर्स भएको टिकटक युजर्सलाई कम्पनीले सम्पर्क गर्छ र  आफ्नो ब्राण्डको प्रचार गर्ने गर्छ र युजर्सलाई आम्दानी पनि हुन्छ । 

टिकटकका  युजर्स भारतमा मात्रै १.५ अर्ब रहेको एक अध्ययनले देखाएको छ । भारतमा विश्वमा टिकटक एप डाउनलोड मध्ये भारतमा मात्रै ४५ प्रतिशत रहेका छन् । त्यस्तै चीनमा ४.५५ करोडले डाउनलोड गरेका छन् । जुन विश्वमा एस डाउनलोडगर्ने मध्ये ७.४ प्रतिशत हो । ३.७६ प्रतिशत अमेरिकामा टिकटकको एप डाउनलोड हुने गरेको छ । 

विश्वमा नै गैर ग्याम एस डाउनलोड गर्ने मध्ये टिकटक पर्ने गरेको छ । विश्वमा सबैभन्दा धेरै एस डाउनलोड हुनेमा वाट्सएप रहेको छ जुन ७०.७४ करोड डाउनलोड भएको छ । त्यसपछि फेसबुक म्यासेन्जर ६३.६२ प्रतिशत, टिकटक ६१.४ करोड,३७.६२ प्रतिशत फेसबुक एस डाउनलोड हुने गरेको छ । 
  

प्रतिक्रिया दिनुहोस