aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सेबीले सूचना प्रविधिमा ५ अर्ब खर्च गर्ने, अमेजन- गुगलको क्लाउडलाई अर्को चुनौति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
सेबीले सूचना प्रविधिमा ५ अर्ब खर्च गर्ने, अमेजन- गुगलको क्लाउडलाई अर्को चुनौति

एजेन्सी । भारतको प्रतिभूति र विनिमय बोर्ड( सेबी) सूचना प्रविधिमा ५ अर्ब भारु खर्च गर्ने भएको छ । सेबीका अध्यक्ष अजय त्यागीका अनुसार सेबीले सूचना  प्रविधिको अनुसन्धानमा यो रकम खर्च गर्ने बताए । 

समाचार एजेन्सी पीटीआईका अनुसार पाँच वर्षमा सेबीले आफ्नो क्लाउड सर्भिस हुने छ भने क्लाउड कम्प्युटिङ र सर्भिसका सबै  कम्यूटरहरुका सबै डाटाहरु क्लाउड बेस बनाउने बताएको छ । 
भारतमा क्लाउड सर्भिसको बजार वर्षेनी  २३ प्रतिशतले वृद्धि भइरहेको छ । आगामी पाँच वर्षमा यो बजारको  हिस्सा ५.६ अर्ब डलरको हुने अनुमान गरिएको छ । 

ग्लोबल रिसर्च एण्ड एडभाइजरी फर्म गार्टनरका अनुसार पब्लिक क्लाउड सर्भिसबाट सन् २०२०मा १७ प्रतिशतले रावस्व बढेर २६६.४ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । गएको वर्ष यसको कारोबार २२७.८ अर्ब डलर रहेको थियो । 

क्लाउड कम्प्युटिङका लागि माइक्रासफ्टले १० वर्षका लागि  रिलायन्स जियो इम्फोकाँम सम्झौता गरेको छ । जीओले अब भारतभरी डाटा सेन्टर बनाउने छ । अब अमेजन र गुगलले दिइरहेको क्लाउड सेवाका लागि यसले अर्को चुनौति थपिदिने विश्लेषण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस