
काठमाडौं । दुई साता अघि नाइट क्लबमा भेटिएका तीन फुटबल खेलाडीले मंसिर १५ गतेदेखि घरेलु मैदानमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पनि खेल्न नपाउने भएका छन् ।
एन्फाले नाइट क्लबमा भेटिएको घटनाबारे अनुसन्धान जारी भएका कारण तत्कालका लागि फरवार्ड बिमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशीलाई सागमा सहभागी नगराउने निर्णय गरेको हो । विश्वकपको छनोट खेलका लागि क्लोज क्याम्पमा परेका चार जना फुटवल खेलाडी खेल अघि ठमेलको नाइट क्लबमा मदिराले मातिएको भन्दै एन्फाले राष्ट्रिय टिमबाट बर्खास्त गरेको थियो । उनीहरुसँगै गएका सन्तोष तामाङ राष्ट्रिय टिमबाट हटाइए पनि यसअघि नै उनी साग खेल्ने टोलीमा थिएनन् । उनीहरुको स्थानमा जेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनले अब साग खेल्न पाउने भएका छन्।सागको समूह ‘ए’मानेपालसहित बंगलादेश र भुटान छन्।
प्रतिक्रिया दिनुहोस